वार्तामार्फत रूस-युक्रेन द्वन्द्व टुंगाउन भारतीय प्रधानमन्त्री मोदीको सुझाब

फाइल तस्बिर

Read Time = 3 mins

म्युनिख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभएको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएको’ भारतका विदेश सचिव विनयमोहन क्वात्राले बताउनुभएको छ ।

युद्धले पूर्वी युरोपमाका साथै अन्य स्थानमा खाद्य सुरक्षामा परेको प्रभावको चर्चा गर्दै शान्ति प्रवद्र्धन एवं द्वन्द्वको अन्त्य हुनुपर्ने प्रधानमन्त्री मोदीले जी सेभेन नेताहरूलाई बताएका उहाँले संवाददातालाई जानकारी दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै युक्रेन र रूसका राष्ट्रपतिबीचको प्रत्यक्ष वार्ताले जारी द्वन्द्व समाधान तथा शान्ति प्रयासमा ठूलो सहयोग पुग्ने सुझाब दिनुभएको थियो । उहाँले युक्रेनका राष्ट्रपति भोलादिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्दै द्वन्द्वबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको थियो ।

युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य संकटको चुनौती थपिएको छ । सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ । गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?