आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना

Read Time = 2 mins

काठमाडौं । ललितपुरको मंगलबाजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरिएको छ । विद्यालयको ७५औं वार्षिक उत्सवमा उक्त कोष स्थापना भएको हो ।

यसै विद्यालयका पूर्वशिक्षक वरिष्ठ कवि तथा गीतकार अमर वान्तुको नाममा अक्षयकोष स्थापना भएको हो । कार्यक्रममा स्रष्टा वान्तुले आफ्ना दर्जन जति लोकप्रिय कविता तथा गजल प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा विद्यालयमा अध्ययनरत छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गरी विद्यालयले वार्षिकोत्सव मनाएको थियो । कवि चन्द्र रानाहँछा साथै विद्यालयका शिक्षकद्वय सुदीपराज जोशी र केशवराज काफ्लेको निर्णयक मण्डल रहेको प्रतियोगितामा जेसिका शाह प्रथम, मानसा श्रेष्ठ द्वितीय, करुण गिरी तृतीय र मनिषा थापाले सान्तवना पुरस्कार जित्न सफल हुनुभएको थियो ।

प्रतियोगिताका पुरस्कृत कविहरूलाई स्रष्टा वान्तुका साथै विद्यालयका प्रधानाध्यापक शैलेसबहादुर प्रधानले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई स्रष्टा वान्तु, प्रधानाध्यापक प्रधान, कवि रानाहँछा, कवि वम बानियाँलगायतले सम्बोधन गर्दै पुरस्कृत तथा सहभागी कविहरूलाई बाधाई तथा शुभकामना दिनुभएको थियो ।

पूर्वशिक्षक, शिक्षिकाको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रमको सहजीकरण शिक्षक आनन्द ढुंगानाले गर्नुभएको थियो । अन्त्यमा स्रष्टा वान्तुको लोकप्रिय गीत ‘गर्मी भयो धरान’मा सम्पूर्ण शिक्षक, शिक्षिका र छात्राहरूले नृत्य प्रस्तुतमार्फत मनोरञ्जन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?