धान दिवसको सान्दर्भिकता

हिमालय टाइम्स
Read Time = 12 mins
A A- A+

✍️ विश्वनाथ खरेल
प्रत्येक वर्षको असार १५ गते हाम्रो देशमा राष्ट्रिय धान दिवस मनाउन थालिएको १८ वर्ष पूरा भई १९ वर्ष पुग्न लागेको छ । मुलुकको कुरा गर्ने हो भने धानको औसत उत्पादकत्व विश्वमै निकै कम रहेको देशमध्ये नेपाल पनि एक हो । मूलतः धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर रहेको अनुमान छ । त्यसरी नै विश्व खाद्य तथा कृषि संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४ दशमलव ७ टन प्रतिहेक्टर रहृयो। त्यसरी नै सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व भने ७ दशमलव शून्य टन प्रतिहेक्टर छ ।

यसैगरी बंगलादेशको ४ दशमलव ७ टन प्रतिहेक्टर, भुटानको ४ दशमलव ३ टन प्रतिहेक्टर, भारतको ३ दशमलव ९ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुवैको समान ३ दशमलव ८ टन प्रतिहेक्टर छ । हाम्रो देशको लागि वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ । देशमा जबकी धान नेपालसहित एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वको कूल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्छ ।

चीन, भारत, इण्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७औं स्थानमा पर्छ । फलतः धान खेती देशमा ७७ जिल्लाहरूमध्ये ७५ जिल्लाहरूमा हुन्छ । यसमा मनाङ र मुस्ताङ जिल्लाबाहेक अरू जिल्लामा धान खेती गरिन्छ । यो समुद्र सतहभन्दा ६० मिटर झापाको कचनाकलन माथिदेखि ३,०५० मिटरसम्मको जुम्ला जिल्लाको छुमचौरसम्म धान खेती हुने गरेको छ । यसको साथसाथै धानको सालाखाला उत्पादनलाई अवलोकन गर्ने हो भने भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा करिब ५ प्रतिशत, मध्यपहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत धानको उत्पादन हुन्छ ।

मुलुकमा प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान बालीको क्षेत्रफल आर्थिक वर्ष ०७६/७६ को तुलनामा आर्थिक वर्ष ०७७/७८ मा १ प्रतिशतले बढेत्तरी भई १४ लाख ७३ हजार ४ सय ७० हेक्टर पुग्ने अनुमान गरिएको छ । त्यसैगरी उत्पादनतर्फ अवलोकन गर्ने हो भने आर्थिक वर्ष ०७६÷७७ को तुलनामा आर्थिक वर्ष ०७७/७८ मा ५५ लाख ५० हजार ८ सय ८० बाट १ दशमलव २८ प्रतिशत अर्थात ७० हजार ८ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ ।

त्यसरी नै धान बालीको उत्पादकत्वलाई अध्यनन गर्ने हो भने गत आर्थिक वर्ष ३ दशमलव ८० प्रतिशत प्रति हेक्टर मेट्रिक टन थियो भने चालू आर्थिक वर्षमा शून्य दशमलव २८ ले वृद्धि भई ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेट्रिक टन भएको अनुमान छ । यसको साथसाथै उन्नत तथा हाइब्रिड जातको बिउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि औसतको तुलनामा लामो मनसुन अवधि, रासायनिक मलको सहज उपलब्धता तथा सिँचाइ प्रविधिमा आएको सुधारजस्ता कारणले धानबालीको उत्पादकत्व हालसम्मकै उच्च रहेको छ । देशमा सबैभन्दा धेरै धान उत्पादन झापामा भएको पाइन्छ ।

यसरी हाम्रो देशका पहाडी २२ जिल्लाहरूमा उत्पादन हुने बराबर एउटै झापा जिल्लामा धान उत्पादन भएको छ । त्यसरी नै तराईलाई देशको अन्न भण्डारको रूपमा रहनुको साथसाथै झापाको यही उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको सुपरजोन घोषणा गरेको छ । यो घोषणाले झापामा अत्यधिक धान उत्पादन गरेर यसको लक्ष्य हासिल गर्न सकेमा मात्र यो सार्थक भएको मानिनेछ । यसर्थ झापामा पनि अरू क्षेत्रजस्तै तीव्र गतिमा धानसमेतका खेतीयोग्य जमीन मासिने क्रम जारी भएको अवस्था छ ।

यसरी किसानहरू खेतीबाट पलायन भएर जानेक्रम बढिरहेको छ । जसले गर्दा देशले वार्षिकरूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयत गर्दै आएको छ । यसले गर्दा युवाहरू खेतीबाट पलायन भइरहेको अवस्था छ । यी सबैमा सम्बन्धित निकायको गम्भीर ध्यान गएको जस्तो लाग्दैन । यसरी खाद्य तथा पोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष १ सय ३८ किलो चामल आवश्यक पर्ने देखिन्छ ।

खासगरीकन स्वदेशमा उत्पादन भएको ५१ लाख ५१ हजार मेट्रिक टन धानलाई प्रशोधन गर्दा ३० लाख ९० हजार ६ सय मेट्रिक टन चामल तयार हुन्छ । यसरी हेर्दा स्वदेशमा उत्पादन भएको चामलले वर्षभरि सबै नेपालीको पेट भर्न करिब १० लाख मेट्रिक टन धान अपुग भएको देखिन्थ्यो । आर्थिक वर्ष २०७६/०७७ मा विश्वभर चामल निर्यात गर्ने प्रमुख देशहरूमा क्रमशः भारत, थाइल्याण्ड, भियतनाम र पाकिस्तान परेका छन् ।

अन्त्यमा भन्नुपर्दा यस वर्ष ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुख्य नाराको साथै १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाउने तयारी गरिएको छ । मूलतः कृषिप्रधान देश नेपालमा धान खेतीलाई सुनको बालाको खेती पनि भनिन्छ । यसले नेपालको विशाल जनसंख्यालाई भोकमरीबाट बचाएको छ । धान खेतीले नेपालीलाई रोजगारी पनि दिएको छ । नेपालीका लागि धान नै जीवन हो । यसै कारणले गर्दा चामल नै जीवनको आधार हो । एसियाली देशहरूमा नै खाद्यान्न भनेको धान, चामल भन्ने बुझिन्छ ।

विश्वका आधाभन्दा बढी जनसंख्याको प्रमुख आधार नै चामल हो । अझ भन्ने हो भने धानले एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको काम पनि गरिरहेको छ । त्यसरी नै धान खेतीलाई धेरै पानी चाहिने बाली हो । तसर्थ जलस्रोतको धनी भएकाले नेपाल धानखेतीका लागि उपयुक्त थलो मानिन्छ । यहाँ विविधतायुक्त जलवायुमा विभिन्न जातका धान खेती हुन सक्ने भएकाले हावापानीको दृष्टिले पनि नेपाल धान खेतीका लागि उपयुक्त मानिन्छ । तर, कृषि योग्य भूमिको एक चौथाइमा पनि सिँचाइको भरपर्दो व्यवस्था नभएकाले हामीकहाँ मनसुनको आगमन तथा प्रभावलाई हेरेर पहाड, हिमाल र तराईमा विभिन्न समयमा खेती गरिने गरिन्छ ।

यसको साथसाथै बर्से मौसममा गरिने खेती भए पनि हिमाली, पहाडी तथा तराईका भूभागमा धान खेतीको समय एक/डेढ महिनाको अन्तरमा पर्ने गर्दछ । अर्थात्, चैत महिनामा तल्लो हिमाली भेगबाट सुरु हुने धान खेती वैशाख, जेठ, आषाढ हुँदै भदौ महिनासम्म निरन्तर रोपाइँ भइरहन्छ । हिमाल र उच्च तथा मध्य पहाडी भेगमा नदी र खोलाको पानी प्रयोग गरी जुडा खेती रोपाइँ गरे पनि तराईका लागि भने मनसुनी वर्षा कुर्नुपर्दछ । नेपालमा हाल स्थानीय जातका धानको सट्टा उत्पादनलाई मध्यनजर गरेर उन्नत जातका धान खेती गर्ने प्रचलन बढेर गएको छ ।

अतः असार १५ लाई पछिल्ला वर्ष रोपाइँ वा धान दिवसका रूपमा मनाइने गरिएको छ । यद्यपि जेठदेखि साउन, भदौसम्म पनि बर्खेधान रोपिन्छ तर असारलाई धानकै सन्दर्भमा मानो खाएर मुरी उब्जाउने महिना भन्नुमा विशेष कारण पनि यही हो । विश्व जनसंख्याको झण्डै आधा मानिसको मुख्य खाना धानका परिकार हुनेगरेका छन् । नामै धान कामै धानले गरेको पाइन्छ । यसले विश्व खाद्यान्नको ठूलो अंश यसले धानेको छ । यसलाई अर्थतन्त्र धानेको सुनको दानाको रूपमा पनि भनिने गरिएको छ ।

यसले सारा विश्वका प्राणीहरूलाई धानले धानेको पनि छ । अपितु देशको कूल गार्हस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान दिने कृषिक्षेत्रमा २० प्रतिशत योगदान मात्रै यसै धानले धानेको छ । त्यसैले असार १५ को महत्व दिवसमा मात्र होइन नेपाली जीवनमा खोज्नुपर्छ । यसरी धान दिवस मनाउँदै गर्दा धानको उत्पादन, भण्डार र उपयोगका विभिन्न चरणलाई बढीभन्दा बढी लाभदायक र प्रतिफलपूर्ण बनाउने पे्ररणा मिल्नुपर्छ । यो वर्ष विश्वव्यापी कोरोना भाइरस कोभिड-१९ को महामारीमा हाम्रा दिन बितेका छन् ।

यसको प्रभाव व्यापक छ । एकातिर किसानले उत्पादित कृषि उपज कुहाएर फाल्नुपरेको छ भने अर्कोतिर उपभोक्ताले सुलभ मूल्य र पहुँचमा कृषि उपज पाएका छैनन् । तसर्थ बढ्दो सहरीकरण, कृषियोग्य भूमिको संरक्षणमा गरिएका कमजोरीपूर्ण अभ्यासले आज मुलुकैभर धान रोपिनुपर्ने खेत आनाआनामा काटिएर घडेरी बनेका छन् । यस अर्थमा मानव इतिहास हेर्ने हो भने पहिला खाना अनि छानाको विकास भएको हो । यसरी यो दिवसको आफ्नै महत्व र उपादेयता रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
धान दिवसको सान्दर्भिकता | Bishow Nath Kharel
2022-06-29 9:06 pm

[…] सामग्री : https://ehimalayatimes.com/2022/06/19167/ […]

छुटाउनुभयो कि ?