कृषि यन्त्र स्वदेशमै उत्पादन गर्नुपर्छ : खोजराज कटुवाल, अध्यक्ष, नेपाल कृषि मेसिनरी व्यवसायी संघ

हिमालय टाइम्स
Read Time = 4 mins

नेपालका कृषि मेसिनरी प्रयोगको अवस्था कस्तो छ ?
कृषि मेसिनरीको प्रयोग व्यापकरूपमा बढ्दै गएको छ । विश्वले कृषि यान्त्रिकीकरण प्रयोगबाटै कृषिमा फड्को मारेकोले नेपाली किसानमा पनि त्यसतर्फ आकर्षण बढेर गएको हो । कृषि मेसिनरीमा ट्रयाक्टरको मात्रै प्रयोग बढेको हो कि हार्भेस्टर, प्लान्टरको पनि प्रयोग बढेको हो ?
हाम्रो देशमा ट्रयाक्टर त धेरै वर्षदेखि प्रयोग हुँदै आएको हो । विगतमा तराइमा मात्रै सीमित थियो भने पछिल्लो समय पहाडी क्षेत्रमा पनि प्रयोग हुन थालेको छ । प्लान्टर मेसिन भने भर्खरै प्रयोग हुन थालेको छ । हार्भेटर प्रयोग सुरु भएको केही वर्ष भयो । पहिले खेतीयोग्य जग्गा चक्लाबन्दी हुनुपर्छ, त्यसपछि यान्त्रिकीकरण प्रयोग बढ्दै जान्छ ।

असार १५ सिँचाइसँग सम्बन्धित छ । त्यसैले सिँचाइमा वैकल्पिक प्रविधिको प्रयोग पनि बढेको छ । विगतमा आकाशे पानीमा निर्भर खेती प्रणाली रहेकोमा अहिले लिफ्ट सिँचाइ, थोपा सिँचाइ पनि प्रयोग हुन थालेको छ ।

पहाडी क्षेत्रमा कृषि मेसिनरी प्रयोग बढेको छ ?
बढेको छ तर तराई क्षेत्रको तुलनामा प्रयोग कम छ ।

आयातित कृषि मेसिनरी नेपालको भौगोलिक अवस्था अनुकूल छन् ?
भौगोलिक अवस्था अनुकूलकै छ तर हामीले सधैं आयात गर्नु हुँदैन । कृषिका लागि आवश्यक यन्त्र उपकरण हामी आफ्नै देशमा उत्पादन गर्नुपर्छ । कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन सके यान्त्रिकीकरणको आयातमा केही कमी आउने थियो तर सरकारको ध्यान त्यतातिर छैन ।

तपाइँ पनि केही प्रविधिमा उत्पादनमा लाग्नुभएको हो ?
हो, सिँचाइसम्बन्धी, मल्चिङ प्लाष्टिकहरूको उत्पादन सुरु गरेका छौं । विस्तारै अन्य यन्त्र उपकरण पनि यही उत्पादन गर्नुपर्ने आवश्यकता छ ।

कृषि मेसिनरी व्यवसायीका समस्या के छन् ?
मुख्य समस्या भनेको वर्षभरी गर्नुपर्ने सबै काम आर्थिक वर्षको अन्त्यमा गर्नुपर्ने बाध्यता छ । वर्षभरीमा गर्नुपर्नेमा सरकारले आर्थिक वर्षका अन्तिम दुई महिनामा काम गराउँदा व्यवसायी र किसान दुवै मर्कामा परेका छन् । किसानले चाहेकै बेला मेसिनरी उपकरण उपलब्ध गराए पो उत्पादन बढ्छ । सरकारको गलत नीतिका कारण किसान, व्यवसायी देखिन देशसमेत बर्बादीतर्फ जाँदैछ । त्यसैले सरकारले आर्थिक वर्षको अन्त्यमा मात्रै किसानलाई मेसिनरी उपलब्ध गराउनुपर्छ, व्यवसायीलाई पनि त्यहीबेला भुक्तानीको व्यवस्था हुनुपर्छ ।

धान दिवसको अवसरमा के भन्न चाहानु हुन्छ ?
धान दिवस वर्षमा एकपटक मात्रै होइन वर्षमा तीनपटक मनाउनुपर्छ । अनिमात्रै उत्पादन बढाउन सकिन्छ । हाम्रोमा बर्खेमात्र होइन, चैतेधानको पनि खेती हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?