नेपालको बैंक तथा वित्तीय क्षेत्र मुनाफामै केन्द्रित रहँदै आएको आरोपबीच मुक्तिनाथ विकास बैंक भने कृषि क्षेत्रमा केन्द्रित हुन थालेको छ । कृषि उत्पादनदेखि बजारीकरणसम्मका विभिन्न शृंखलामा काम गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो ।
मुक्तिनाथ कृषि कम्पनीले के गर्छ ?
मुक्तिनाथ कृषि कम्पनी मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा र स्थापना भएको पब्लिक कम्पनी हो । किसानलाई पुँजीमात्रै दिएर कृषि उत्पादन बढ्न नसक्ने देखेर हामीले नयाँ संस्था स्थापना गरेका हौं । यस्तो प्रकारको कम्पनी नेपालमै पहिलो हो । ४० करोड जारी पुँजी र ३६ करोड चुक्ता पुँजी भएको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने गण्डकी र चितवनमा पनि शाखा कार्यालय छन् । देशका सातवटै प्रदेशमा कार्यालय स्थापना गर्दैछौं ।
कम्पनी कहिलेदेखि सुरु गर्नुभयो ?
कम्पनी स्थापना भएको त तीन वर्ष भइसक्यो, काम भने दुई वर्षदेखि सुरु भएको हो । हाम्रा आफ्नै फार्महरू पनि सञ्चालनमा छन् । कृषिको मुख्य आधार बिउ भएकाले हामीले बिउ उत्पादनको काम सुरु गरेका छौंं ।
कति रोपनीमा फार्मिङ सञ्चालन गर्नुभएको छ ?
पहाडका लागि स्याङ्जामा ३५ रोपनी रहेको छ । जहाँ फलफूल तथा तरकारी बिउ उत्पादन हुन्छ । तराईका लागि चितवनमा १५ विधा जग्गामा फार्मिङ सञ्चालन छ । उत्पादन सुरु भइसक्यो ।
उत्पादित बिउहरू किसानलाई विरतरण गरिसक्नु भयो ?
अहिले परीक्षणकै क्रममा रहेका छ । परीक्षणपछि मात्रै किसानलाई वितरण गर्ने क्रम सुरु हुन्छ । बिउ संवेदनशील वस्तु भएकाले उत्पादनदेखि वितरणसम्म ध्यान दिनुपर्ने हुन्छ ।
कृषि उत्पादनमा चाहिँ निजी क्षेत्र नआउनुको कारण के हो ?
जबसम्म कुनै पनि काममा निजी क्षेत्र संस्थागत रूपमा आउँदैन, तबसम्म सफल र प्रभावकारी हुनसक्दैन । सरकारले नीति निर्माण गर्ने हो काम त निजी क्षेत्र र सहकारीले गर्ने हो । अहिले हाम्रो कम्पनीले काम सुरु गरेको छ, विस्तारै अन्य कम्पनी आउनेछन्, जसका लागि हामीले पथ प्रदर्शन गरेका छौं ।
यहाँ कृषिमा अनुसन्धानका आधारमा काम गर्ने कम्पनीको अभाव छ । त्यही अभाव पूर्तिका लागि हामीले नयाँ कन्सेप्टसहित कम्पनी स्थापना गरेका हौं । हाम्रो नारा नै छ, ‘कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ ।’ हामीले कृषिका सबै समस्या पहिचान गरेर काम सुरु गरेका हौं । किसानलाई उत्पादन पूर्वमल, बिउ प्रविधि र उपकरण उपलब्ध गराउँछौं । त्यतिमात्र नभई किसानलाई उत्पादनको वाइब्याक ग्यारेन्टी पनि गर्छौ ।
नेपालमा कृषि वैज्ञानिकको अभाव छ, सरकारी निकाय नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले समेत कृषि वैज्ञानिक पाउन सकेको छैन ।
तपाइँहरूले कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
त्यस्तो समस्या हामीले पनि भोग्यौ । सुरुमा कर्मचारी पाउनै भयो । कृषि पढ्ने विद्यार्थी एकदमै कम हुने, पढे लेखेका पनि कोही सरकारी क्षेत्र, कोही अध्ययनका लागि छात्रबृत्तिमा विदेश जाने, कोही एनजीओ, आइएनजीमा काम गर्ने अवस्थाले कृषिमा दक्ष जनशक्तिको अभाव छ । तर पछिल्लो समय भने कृषि पढेका युवाहरूमा हामीसँग जोडिन थालेका छन्, सहज हुँदै गएको छ । कम्पनीमा ६० प्रतिशतभन्दा बढी कृषि नै पढेका जनशक्ति रहेको छ । वास्तवमा, नेपालका विद्यालय कलेजहरू बेरोजगार उत्पादन गर्ने थलो नै रहेछन् । हाम्रोमा व्यावसायिक शिक्षाको अवस्था एकदमै कमजोर छ ।
कृषि गर्न चाहनेले मुक्तिनाथबाट के सुविधा पाउँछ ?
कृषिमा केही कामा गर्न चाहनेलाई मुक्तिनाथ कम्पनीले ९० प्रतिशत समाधान दिन्छ । बिउ–बिजन, कृषि उपकरण, पुँजीका साथै उत्पादित वस्तुको वाइब्याक ग्यारेन्टीसमेत गर्छ ।
बजार छ, उत्पादन छैन भन्ने गुनासो छ नि ?
उत्पादन भए पनि बजार अभाव रहेको सुनिन्छ तर बजार छ, उत्पादन छैन । त्यस्तै समस्या समाधनका लागि हाम्रो जस्तो कम्पनीले काम गर्ने हो । जबसम्म साना किसान मध्यम किसानमा जाँदैनन्, मध्यम किसान ठूलो किसानमा जाँदैनन्, तबसम्म कृषिको व्यावसायिकीकरण हुनसक्दैन । अहिले उत्पाद भए पनि बजार मागअनुसारको उत्पादन छैन । जबसम्म बजार माग अनुसारको वस्तु उत्पादन हुनसक्दैन, तबसम्म किसानले आफ्नो उत्पादनको मूल्य पाउन सक्दैनन् । किसानले बजार खोजेको बेला व्यापारीले खरिद नगर्ने प्रवृत्ति देखिएको छ । विदेशतिर जब बजारको ग्यारेन्टी हुन्छ, तबमात्र उत्पादन सुरु गरिन्छ तर हाम्रोमा उत्पादनपछि बजार खोज्ने प्रवृत्ति छ । त्यही भएर किसानले उचित मूल्य पाउन नसकेका हुन् । अर्को ठूलो समस्या भनेको जग्गा हो, जसले कृषि गर्छ, उसँग जग्गा नै छ । त्यसैले स्थानीय तहलले कृषि गर्न चाहनेलाई जग्गाको व्यवस्था गरिदिनुपर्छ ।
धान दिवसको अवसरमा के भन्न चाहनुहुन्छ ?
धान दिवस औपाचारिकतामा मात्रै सीमित हुने गरेको छ । धान दिवसबाट कुनै सन्देश गएको छैन । दिवसको एक दिन हल्लाखल्ला गर्ने तर त्यसलाई निरन्तरता नदिने अवस्था छ । अर्को कुरा हाम्रो समस्या भनेको गरिबी र बेरोजगारी हो । नेताहरूले देशको आवश्यकता शिक्षा र स्वास्थ र पूर्वाधार हो भन्छन् तर त्योभन्दा समस्या ठूलो आवश्यकता गाँस र बास हो, गरिबी र वेरोजगारी हो । जबसम्म गरिबी र बेरोजगारी समस्या समाधान हुँदैन, तबसम्म राजनीतिक परिवर्तनले मात्रै केही हुँदैन ।
विगतमा आफ्ना लाागि आफैँ खेती गर्ने, किनेर नखाने अवस्था थियो । गाउँमा के पाइन्छ, त्यही खाइन्थ्यो । व्यालेन्स डाइट हुन्थ्यो, अहिले जस्तो धेरै रोग लाग्दैनथ्यो । तर अहिले चामलको भातमात्रै खाने गरिन्छ, व्यालेन्स डाइट छैन, त्यही भएर विभिन्न किसिमका रोग लाग्ने गरेको छ । चामलको मात्रा कम गर्ने, तरकारी मासु फलफूलमा जोड दिने । खाद्य साक्षरता सुरु गर्नुपर्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका