बालुवाटारस्थित एक भवनमा आगलागी, नियन्त्रणको प्रयास जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ।

सुनौलो परिवार नेपाल रहेको भवनमा लागेको आगो अहिले दमकलको सहायताले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बिहान करिब ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ। यसबारे थप विवरण आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?