काठमाडौं । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी २० खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखला क्लिन स्वीप गरेको छ । पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो ।
कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे भने पउल स्टर्लिङले ४० रन र ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान १ विकेट लिए ।
यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५ रनको योगफल तयार पार्यो ।
भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच