पूर्वअर्थमन्त्री सहित भोजपुरको टोलीसँग प्रधानमन्त्रीको भेट

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला सहितको भोजपुरे टोलीले भेटेर विकास निर्माणसँग सम्वन्धित विभिन्न मागहरु राखेको छ ।

प्रधानमन्त्री देउवाको सरकारी निवास पुगेर भोेजपुरेहरुले समग्र विकासको बारेमा भेटघाट तथा छलफल गरिएको हो । पूर्व अर्थमन्त्री कोइरालाले सोक्रममा प्रधानमन्त्री देउवालाई विकाससँग सम्वन्धित माग पत्र समेत हस्तान्तरण गर्नु भएको छ । सोक्रममा कोइरालाले भोजपुर र संखुवासभा भएर बग्ने अरुण नदीमा भारतीय निर्माण कम्पनी एसजेभिएनले निर्माण गर्न लागेको जलविद्युतमा सम्झौता अनुसार नेपाल सरकारले पाउने शेयर र रोयल्टी, लगायतमा बिषयमा भोजपुरवासीको पनि समान सहभागिता सुनिश्चित हुनु पर्ने जोडदार माग समग्र टिमको तर्फबाट राख्नु भएको थियो ।

एक हजार ६१ मेगावाटको अपर अरुण पनि स्वदेशी लगानी मै बनाउनु पर्ने, चतरा हुँदै अरुण करीडोरमा बन्ने सडकलाई विशेष ध्यान दिनुपर्ने, षडानन्द विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय, पर्यटन पुर्वाधार, धार्मिक क्षेत्रको बिकास लगायत समग्र बिषयमा समेत भोजपुरे टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । बिकास निर्माणका बिषयमा भोजपुरे सेवा समाजले अहिले सरोकारवाला ब्यक्ति र निकायहरुमा गएर आफनो माग राख्दै आई रहेको समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो “हाम्रो यो अभियान निरन्तर हुन्छ, सरोकारवालालाई घच्घच्याउने काम भई रहन्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?