प्रहरी र एपिएफको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा प्रहरीले न्यु डायमन्डलाई २५-१६, २५-१५ र २५-१५ को सोझो सेटमा पराजित गर्‍यो ।

कीर्तिपुरस्थित कभर्डहलमा एपिएफले काठमाडौंको परोपकार आदर्श माविलाई सिधा सेटमा २५-११, २५-४ र २५-३ ले हरायो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की सदस्य चन्द्रबदना राई र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य हिक्मत थपलियाले एक कार्यक्रमबीच संयुक्तरूपमा उद्घाटन गर्नुभयो । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिनेछ । विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

असार १८ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनः भिड्नेछन् । तेस्रो र चौथोले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?