अपन राधेमाईलाई नेक्सस कप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अपन राधेमाई युथ क्लब, वीरगञ्जले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ को उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्‍यो ।
मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोड्नुभयो । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २-२ विकेट लिनुभयो ।

जवाफमा नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो । नेक्ससका सन्दिप विष्टले ३० स्कोर गर्नुभयो । ‘म्यान अफ द म्याच’ राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा ५ रन खर्चेर ५ विकेट लिनुभयो ।

उपाधिसँगै राधेमाईले १ लाख नगद पुरस्कार हात पा¥यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो । मोफसलको टोलीले उपाधि जितेको यो तेस्रो पटक हो । पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोस्रो वीरगञ्जको युनाइटेड क्लबले जितेका थिए । तेस्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुरले उपाधि चुमेको थियो ।

राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित हुनुभयो । उहाँले प्रतियोगितामा १ हृयाट्रिकसहित १४ विकेट लिनुभयो । प्रतियोगिताभर ११५ रन जोड्नुभएका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट ब्याट्सम्यान चुनिनुभयो । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी) का कमल शाहीले जित्नुभयो ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका ५ सहित १२ टिमको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?