पर्यटकका लागि खुल्यो भुटान

Read Time = 2 mins

थिम्पु । भुटानले विश्वभरका पर्यटकका लागि खुल्ला गरेको छ । भुटानको सिमाना सेप्टेम्बर २३ देखि विश्वभरका पर्यटकका लागि खुला गरिने भएको हो । यसका लागि भुटान सरकारले आफ्नो केही पर्यटन नीतिमा परिवर्तन गरेको छ ।

भुटान सधैं वातावरणका लागि धेरै सतर्क छ । भुटानको नयाँ पर्यटन नीतिले पूर्वाधार, सेवा, पर्यटकीय अनुभव र वातावरणमा बढी ध्यान केन्द्रित गर्न खोजेको छ । यससँगै भुटानले विदेशी पर्यटकबाट लिइने शुल्क बढाएको छ । भुटानका परराष्ट्रमन्त्री तथा पर्यटन परिषद्का अध्यक्ष डा.टाण्डी दोर्जीले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यी सबै कदमहरू पर्यटकलाई उत्कृष्ट पर्यटकीय अनुभव प्रदान गर्ने र हाम्रा नागरिकलाई राम्रो रोजगारी प्रदान गर्ने उद्देश्यले गरिएको हो ।’

भुटनाले एक रात बस्न प्रतिव्यक्ति ६५ डलरबाट बढाएर २०० डलर (२५ हजार रुपैयाँ) पु¥याएको छ । भुटानको पर्यटन कार्बन न्युट्रल बनाउन र पर्यटन क्षेत्रलाई थप मजबुत बनाउन यसको प्रयोग गरिने बताइएको छ । साथै, न्यूनतम दैनिक प्याकेज दर पनि हटाइने जनाइएको छ । यो परिवर्तन जुन २० गतेदेखि लागू भएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?