कपिलले श्रीमतीसँग माफी माग्नुपर्‍यो

Read Time = 1 min

मुम्बई । भारतीय टेलिभिजन शो ‘कपिल शर्मा शो’ अहिले बन्द छ । किनकि कपिल शर्मासहित शोका प्रायः सदस्यहरू अमेरिका–क्यानडा टुरमा छन् । सदस्यहरूको टुरकै कारण शो केही समयका लागि रोकिएको छ ।

तर, कपिलसहित टिम प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गरिरहेको छ । शोकै क्रममा कपिलले आफ्नो पत्नी गिन्नी चतरथसँग माफी माग्नुभएको छ । उहाँ ले एक भिडियो इन्स्टाग्राममा शेयर गर्नुभएको छ ।

जहाँ कपिलले भन्नुभएको छ, ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरू मलाई सुन्न आएका छन् ।’ कपिलले यो भिडियो पोष्टको क्याप्सनमा लेख्नुभएको छ, ‘सरी गिन्नी चतरथ’ । कपिलको यो भिडियोमा धेरैले कमेन्ट गरिरहेका छन् ।

कपिललाई उहाँका फ्यानले छिटै शो ल्याउन आग्रह गरिरहेका छन् । यद्यपि उहाँ आफ्नो टुर सकाएर कहिले शो ल्याउने भन्ने बारे टुंगो छैन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?