जिपोन नेटवर्क स्तरोन्नति गर्दै वर्ल्डलिंक

Read Time = 1 min

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपोन) स्तरोन्नतिका लागि परीक्षण सम्पन्न गरेको छ । कम्पनीले फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने जनाएको छ । नेपालमा एक्सजिएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वल्र्डलिंक पहिलो कम्पनी हो ।

उक्त अपग्रेडसँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो ।

कम्पनीका अनुसार जिपोनको तुलनामा नयाँ १० जिबिपिएस एक्सजिएस पोनमा अपलिंक ब्यान्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंक ब्यान्डविथको क्षमता चार गुणा बढी छ । साथै पोन नेटवर्क लेटेन्सीमा पनि जिपोनको तुलनामा केही सुधार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?