भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार)) देशभरका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने बताएको छ । बिहान पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज पनि बर्षा हुने विभागले जनाएको छ ।

दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक९दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

विभागले वर्षाका कारण नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्क रहन समेत आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?