आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

हिमालय टाइम्स
Read Time = 2 mins

-बिमलप्रसाद पोख्रेल

प्युठान। आमाको सम्झनामा प्युठान झिमरुक गाउँपालिका-२ कासिपोखराका तीन जना छोराले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

स्वर्गीय डिलकुमारी पोख्रेलको नाममा उहाँका छोराहरू रामप्रसाद पोख्रेल, कृष्णप्रसाद पोख्रेल र सुबास पोख्रेलले बार्षिक पुण्यतिथिको अबसर पारेर श्री बलभद्र माध्यमिक विद्यालय बादिकोट सिलिंगेमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषबाट बुवा आमा गुमाएका अभिभावक बिहिन जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्न भन्दै बिद्यालयका प्रधानध्यापक सेरबहादुर थापाको हातमा रकम उपलब्ध गराइएको माईलो छोरा कृष्णप्रसाद पोख्रेलले बताउनुभयो ।

पोख्रेल भरखरै सम्पन्न भएको स्थानीय निर्वाचनमा झिमरुक गाउँपालिका-२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट विजयी हुनुभएको हो ।

डिलकुमारी पोख्रेलको गत बर्ष जेठमा ५४ बर्षको उमेरमा कोभिडका कारण निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?