धन्सारले पुरिएर बालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । स्याङ्जाको गल्याङ-१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको शरिरमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?