कोहलीको समर्थनमा उत्रिए मुख्य प्रशिक्षक द्रविड

Read Time = 2 mins

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले करिब एक वर्षयता शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनै फर्म्याट (टी २०, एकदिवसीय र टेस्ट) मा आफ्नो व्याटबाट शतक प्राप्त गर्न सकेका छैनन् ।

जसकारण कोहली अहिले निकै विवादित र आलोचित पनि भएका छन् । कसैले कोहलीलाई साथ दिएका छन् भने कसैले आलोचना गरेका छन् । यस्तोमा टिम भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले भने कोहलीको समर्थन जनाएका छन् ।

द्रविडले समर्थनलाई जवाफ दिँदै कोहलीबाट शतक आवश्यक नभएको बताएका छन् । उनले शतकभन्दा पनि टोलीको जित पहिलो प्राथमिकता भएको जनाएका छन् । राहुलले भनेका छन्, ‘म त्यो कुरामा सहमत छैन । कोहली ३० वर्षमै गलत लयमा छन् । मैले अहिलेसम्म जति देखे‌ सबैभन्दा मेहनती व्यक्ति नै कोहली हो । अभ्यासमा उनले जसरी खेलिरहेका छन् । त्यसमा उनी सही लयमा छन् ।’

‘मान्छे शतकको नै सफलता मान्छन् । तर हामी जित चाहन्छौं । विराट कोहली ड्रेसिङ रुममा हुन्छन् त कसैको लागि प्रेरित बन्दछन्,’ द्रविडले कोहलीको पक्षमा बोल्दै भनेका छन् ।

कोहलीले सन् २०१९ यता तीनै फर्म्याटमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले पछिल्लो समय कोलकात्तामा बंगलादेशविरुद्ध भएको दिवा रात्री टेस्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । हाल भने भारतले इंग्ल्यान्डसँग तीनै फर्म्याटमा शृंखला खेल्दैछ । जसका लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?