वागमती मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका अन्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन थालेका छन् ।

पूर्व सहमतिअनुसार मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसलाई मुख्यमन्त्री हस्तान्तरण गर्नुपर्नेमा सहमति कार्यान्वयन नगरेपछि पाण्डेविरुद्ध हस्ताक्षर संकलन हुन थालेको हो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा मन्त्री शालिकराम जमरकट्टेलले मुख्यमन्त्री पाण्डेले पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

पाण्डे मुख्यमन्त्री बन्दा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको थियो । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् ।

कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पर्खाइमा हुनुहुन्छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?