नवनियुक्त बृहत्तर जनकपुरधामका अध्यक्ष साहद्वारा पदभार ग्रहण

Read Time = 2 mins

-पुरन साह
जनकपुरधाम । नेपाल सरकारबाट वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अध्यक्षमा नियुक्त भएका वरिष्ठ पत्रकार समेत रहनुभएको शितल साहले पदभार ग्रहण गर्नुभएको छ ।

विहीवार काठमाडौंबाट जनकपुरधामको विमानस्थल हुँदै परिषदको कार्यालय पुग्नुभएको साह पदभार ग्रहण गर्नुभएको हो ।

रेडियो जनकपुरका सञ्चालक समेत रहनुभएको साह लोकप्रिय रेडियो कार्यक्रम दलानका प्रस्तोता समेत रहेको र परिषदका काम, कारवाही र विकृतीहरुका बारेमा पनि विशेष जानकार व्यक्ति रहेकाले परिषदको सुधार र विकासका लागि केहि गर्ने उपमहानगरपालिकावासीको अपेक्षा छ । जनकपुरधाम क्षेत्रको चर्चित रेडियो कार्यक्रम दलानका प्रस्तोता अनुभवी पत्रकार उहाँलाई परिषदको समस्या र चुनौतीहरुको विषयमा जानकार रहेको अपेक्षा सर्वसाधारणको छ ।

नवनियुक्त अध्यक्ष साहले परिषदको सुधार र कार्यक्षेत्रको विकासका लागि आफु सक्दो कोशिस गर्ने बताउनु भएको छ । पत्रकारिताको क्रममा आफुलाई धेरै समस्या र चुनौतीहरु जानकारीमा रहेकाले आफु सक्दो सुधारका कामहरु गर्ने बताउँदै उहाँले यसमा सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो ।

नेपाल सरकार मन्त्री परिषदको बैठकले साहलाई अध्यक्षमा नियुक्त गरेको हो । साह नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र कोषाध्यक्ष समेत भइसकेका छन् । सो अवसरमा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर सहित कर्मचारी, नेकपा एसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?