काँग्रेस निर्वाचन केन्द्रिय परिचालन समितिद्वारा स्थानीय तह निर्वाचन-२०७९ को प्रतिवेदन पारित

Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन– २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिनुभएको नेपाली काँग्रेस स्थानीय तहनिर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिनुभयो

आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन काँग्रेसको केन्द्रिय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो –‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ । र आजको बैठकमा नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ । अधिकांश बोल्ने सदस्यज्यूहरु
केन्द्रिय सदस्यहरु हुनुहुन्छ । विभिन्न भातृ संघ तथा सुभेच्छुक संघ, संस्थाका प्रतिनिधिहरु पनि समावेश हुनुहुन्छ । यो केन्द्रिय निर्वाचन
परिचालन समितिमा । आदरणीय पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा बनेको समिति हो । अधिकांश बोल्ने वक्ताहरुले प्रतिवेदनमा समावेश गर्नुपर्ने अन्य समावेश नभएका सुझावहरु दिनुभएको छ । त्यो सुझावलाई आगामी दिनमा समावेश गरेर प्रतिवेदन तयार गर्ने र त्यसपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लगेर बैठकमा पनि जानकारी गराउने भन्ने आजको निर्णय भएको छ ।

प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो र अहिले हेर्दाखेरी हामी प्रदेशमा पनि पहिलो पार्टी बनेका छौँ । त्यो विषयमा समावेश गरिएको छ । गठबन्धनका दलहरुसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा हामीलाई के भयो के भएन भन्ने समावेश गरिएको छ । यो विषय छलफलकै रुपमा छ । उपसमितिहरुले पनि आ–आफ्नो प्रतिवेदन पेस गरेको । त्यसलाई पनि समितिको प्रतिवेदनमा समावेश गरिएको छ ।’

परिचालन समितिको सचिवालय उहाँले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?