काठमाडौं । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी हुनुभएको छ ।
बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी हुनुभएको हो ।
चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुग्नुभएको हो । उहाँ मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत एक्लो व्यक्ति हुनु हो ।
उहाँ नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो। सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी हुनु हुन्थ्यो ।
नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गर्नुभयो। मार्कोस फिलिपिन्सका १७औं राष्ट्रपति हुनु हो । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुनु हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका