सुदूरपश्चिममा सत्ता पक्षकै विरोधपछि प्रदेशसभा बैठक तेस्रोपटक पनि स्थगित

Read Time = 2 mins

-गोविन्द बीसी

टीकापुर । सुदूरपश्चिम प्रदेशसभा बैठक सत्ता पक्षकै विरोधपछि अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक आजपनि स्थगित भएको हो । सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टि बीच विवाद बढ्दा बैठक अनिश्चित बनेको हो ।

प्रदेश सरकारले गत असार १ गते ल्याएको आर्थिक वर्ष २०७९र०८० को ल्याएको थियो । सत्तारुढ गठबन्धनमा रहेकै सांसदले विरोध जनाएपछि आज बेलाइएको बैठक पनि छलफलमा प्रवेश नै नगरी स्थगित भएको छ । प्रदेश सभामा सत्ता पक्ष र विपक्षका सांसदहरूले बजेट संशोधन हुनुपर्ने माग अघि सारेका छन् ।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षकै सांसदहरूले आक्रोश व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

उहाँले अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । बैठकमा एमाले उपस्थित भएको थिएन । सत्ता पक्षकै सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । यसअघि असार ८ र १२ गते पनि प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल हुने कार्यसूची थियो ।

तर, सत्ता पक्ष र विपक्षका सांसदहरूले बजेट संशोधन नहुँदासम्म छलफल हुन नसक्ने अडान लिएपछि बैठक आजका लागि सारिएको थियो । बैठकमा सहभागि अधिकांश प्रदेश सांसदहरूले बजेट यथास्थितिमा पारित गर्न नसकिने बताएपछि बैठक बस्न नसकेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?