मुख्यमन्त्री कप ब्याटमिन्टन प्रतियोगिता सुरु

Read Time = 2 mins

धनगढी । मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतियोगितामा नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष खेलाडी र एक जना व्यवस्थापक गरी ७२ जना खेलाडी तथा ९ जना व्यवस्थापक सहभागी रहेका छन् ।

प्रतियोगितामा १९ बर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भईरहेको छ ।

प्रतियोगिताको पहिलो दिन दुबै उमेर समुहका चार वटै विधाका प्रिक्वाटरफाईनलदेखि क्वाटरफाईनलसम्मका प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको दोस्रो दिन दुबै उमेर समुहका क्वाटरफाईनल तथा सेमिफाईनलका खेलहरु आयोजना हुने आयोजकले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?