गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि रिफ्रेस सेन्टर निर्माणमा रोक

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि बर्दघाट नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलीले अनुगमनका क्रममा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको पाइएको जनाएको हो ।

प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा कमसल इँटा प्रयोग भएको र मापदण्डविपरीत निर्माण भएको स्थानीयको गुनासोपछि नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप-प्रमुख तथा अनुगमन समिति संयोजक रुद्र प्रकाश उपाध्याय सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा गुणस्तरहीन निर्माण सामग्रीको काम भइरहेको पाइएकाले कामदारहरूलाई काम रोक्न नगर प्रमुख र उपप्रमुख दुवैले निर्देशन दिनुभएको छ । नगर प्रमुख श्रेष्ठका अनुसार रिफ्रेस सेन्टर निर्माण्माा प्रयोग भएका सामग्री गुणस्तरहीन देखिएकाले हाललाई निर्माण कार्यमा रोक लगाइएको हो ।

अनुगमनपछि उपप्रमुख उपाध्यायले निर्माणको केही भागमा पहिलो नम्बरको इँटा प्रयोग र केही भागमा गुणस्तरहीन इँटाको प्रयोग भएको पाइएको बताउनुभयो ।

उहाँका अनुसार वाल चर्केको, गुणस्तरहीन इँटा निर्माणस्थलमा नै राखिएको देखिएकाले तत्कालका लागि निर्माण कार्यमा रोक लगाइएको हो । रिफ्रेस सेन्टर लुम्बिनी प्रदेश सरकारको १६ करोडको लागतमा निर्माण हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?