भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका लागि नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्रीवास्तवले प्रमाणपत्र पेश गर्नुभएको हो ।

श्रीवास्तव नेपालका लागि राजदूत नियुक्त भएपछि एक साताअघि नेपाल आउनुभएको थियो । काठमाडौं आउनुअघि उहाँ नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजन प्रमुखको रुपमा कार्यरत रहनुभएको थियो ।

उहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको थियो ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गर्नुभएको साथै उहाँले वासिङ्टन, बेइजिङ, सांघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?