भरत र नवयुगले अमेरिकामा खेल्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय भरत खवास र नवयुग श्रेष्ठले अमेरिकामा एक प्रतियोगिता खेल्नुहुने भएको छ । त्रिभुवन आर्मी फुटबल क्लबका महत्वपूर्ण सदस्यसमेत रहनुभएका दुवै खेलाडीले अमेरिकामा पाँचौँ नेपाली अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्नुहुने भएको हो ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) फुटबल क्लबबाट खेल्नुहुने भएको छ । त्यसका लागि उहाँहरू बुधबार अमेरिका प्रस्थान गरिसक्नुभएको छ ।

नवयुग र भरत दुवैले नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानीसमेत गरिसक्नुभएको छ । नवयुगले दुई साताअघिमात्रै कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गर्नुभएको थियो । भरत नेपाली टोलीको सिनियरमध्येको एक खेलाडीसमेत हुनुहुन्छ । भरत त्रिभुवन आर्मी क्लबको कप्तानीसमेत गर्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?