‘लोकस्टार नेपाल २’ साउन अन्तिमबाट आउने

Read Time = 4 mins

काठमाडौं । लोक गायनमा आधारित रियालिटी शो ‘लोकस्टार नेपाल’को दोस्रो सिजन आउने भएको छ । आगामी साउन अन्तिमबाट टेलिभिजनमार्फत प्रसारण हुने बताइएको छ । बिहीबार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमार्फत प्रसारण हुने जानकारी गराइयो । साथै कार्यक्रममा शो को निर्णायकदेखि निर्माण टिमको परिचय गराइयो । कार्यक्रममा स्पोन्सरसँग हस्ताक्षर पनि गरिएको थियो ।

कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले साउन अन्त्यदेखि हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि प्रसारण हुने जानकारी दिनुभयो । यसअघि चाहना मिडियाको स्वामित्वमा रहेको यो शोको ब्राण्ड हिमालय टेलिभिजनले खरिद गरेसँगै नयाँ शैलीमा दोस्रो सिजन आउन लागेको हो । शोलाई सिमोस सुनुवार निर्देशन गर्नुहुनेछ । सिमोसले यसअघि हिमालय रोडिस निर्देशन गर्नुभएको थियो ।

कार्यक्रममा डिजिटल अडिशन सकिएको र करिब तीन हजार जनाले डिजिटल अडिशन दिइसकेको जानकारी गराइयो । ती आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न शहरमा हुने फिजिकल अडिशनबाट छानिएका प्रतिभाहरूले शोमा प्रतिस्पर्धा गर्नेछन् । केही दिनमै छायांकन सुरु हुने शोको निर्णायकमा लोक गायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योति मगर रहनुहुनेछ ।

कार्यक्रममा बोल्दै निर्णायक कुमार बस्नेतले आफूले पूर्णरूपमा न्याय दिन कोसिस गर्ने बताउनुभयो । साथै दोस्रो सिजनबाट निर्णायकको रूपमा जोडिनुभएका गायका कुलेन्द्र विश्वकर्मा र गायिका ज्योति मगरले पनि आफूहरू उत्साहित रहेको बताउनुभयो । रामजी खाँण भने पहिलो सिजनमा पनि निर्णायकको भूमिकामा रहनुभएको थियो ।

नेपाल लोकस्टार-२ का विजेताले २० लाख रूपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित हुनुभएको छ । कार्यक्रमको सञ्चालक तथा ब्राण्ड आइकन गायक प्रकाश सपुत रहनुभएको छ । कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले मौलिक कला र संस्कृतिको जगेर्ना नेपाल लोक स्टारले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा नेपाल लोकस्टार सिजन-२ का प्रायोजकहरूसँग सम्झौता भएको छ । शोको टाइटल स्पोन्सर आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेल र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आईएमई शोको टाइटल स्पोन्सरको रूपमा रहनेछ । यसैगरी पावर बाई स्पोन्सरको रूपमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता रहेको छ । एसोसिएट स्पोन्सरमा आईएमई लाइफ इन्स्युरेन्स, सिमेन्ट पार्टनरका रूपमा रिद्धिसिद्धि सिमेन्ट र भोटिङ पार्टनरका रूपमा आईएमई रहनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?