Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

कुमारी जबद्वारा एचआर ट्रेनिङ आयोजना

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वद्वारा प्रशिक्षण प्रदान गरिएको तालिमको यो पहिलो ब्याच हो ।

तालिममा विभिन्न संघ-संस्थामा कार्यरत अनुभवी व्यक्तित्वदेखि मानव संसाधनको क्षेत्रमा करियर बनाउन चाहने व्यक्तिहरूको सहभागिता रहेको तालिम २४ दिनसम्म सञ्चालन भएको थियो । शेर्पा हस्पिटालिटी ग्रुपका एचआर भाइस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एन्ड एडमिनिस्ट्रेसन हेड नेहा जोशी, माछापुच्छ्रे बैंककी ऋचा पाण्डे र एसियन पेन्ट्सका सुधिर ढुंगेललगायतले प्रशिक्षण दिनुभएको कुमारी जबले जनाएको छ ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, ‘नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छौँ र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुसी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन उहाँहरूले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ ।

यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर-व्यक्तिगत सीपमात्र विकास नगरी संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’ तालिमको पहिलो ब्याचको सफलतापछि कम्पनीले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ । एचआर ट्रेनिङका साथै कुमारी जबले समय-समयमा लेखापरीक्षण, एक्सेल, डिजिटल मार्केटिङजस्ता विषयमा पनि तालिम सञ्चालन गर्दै आएको जनाएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?