आइएमई नेपाल लोकस्टार-२ मा जगदम्बा

Read Time = 1 min

काठमाडौं । नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालबीच बिहीबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ, जहाँ हजारौं प्रतिभाले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । आवेदकमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभा छनोट गरिने आयोजकले जनाएको छ । केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउनपछि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?