आज मौसम वदली रहने, केही प्रदेशमा भारी वर्षाको संभावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?