धादिङको गल्छीमा बस दुर्घटना, ३० जना घाइते

Read Time = 1 min
A A- A+

-बाबुराम श्रेष्ठ

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३-०१-००५ ख-९७२९ नम्बरको बस बिहीबार राति दुर्घटनामा परेको हो ।

घाइते सात जनालाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बस सडकमा पल्टेर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?