-चन्द्र खनाल
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायतका पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको प्रादेशिक अस्पतालहरुका पदाधिकारीहरुको पुनर्वहाली भएको हो ।
सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयूर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो ।
प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तरउन्नती नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पूरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो ।
सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम प्रसाद न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई, लुम्बिनी आयूर्वेदिक अस्पतालका अध्यक्ष शिव प्रसाद ज्ञवाली, राप्ती आयूर्वेदिक अस्पताल लगायत केही जिल्ला अस्पतालका अध्यक्षलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
लुम्बिनी प्रदेश सरकारले पुरानालाई हटाएपछि नयाँलाई बिकास समितिमा नियुक्त गरेको थियो तर लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, लुम्बिनी आयुर्वेद चिकित्साल बुटबल, र दाडमा भने अस्पताल बिकास समिति नियुक्त गरेको थिएन ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन