सुर्खेत । पहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । नलगाड नगरपालिका ८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताउनुभयो । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ ।
नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।
मौसमको खराबीका कारण हवाई सेवा ठप्प भएर स्थलमार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रुहरु बिहानैदेखि समस्यामा परेको त्रिपुरासुन्दरी नगरपालिकाका डवल हिराचनले बताउनुभयो । ‘पहिरो पन्छाउन बढी समय लाग्ने देखिन्छ,’ उहाँले भन्नुभयो । माथिबाट आएको ठूलो चट्टानले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने भएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन