भोजपुरमा स्थानीय प्रशासनको बजार अनुगमन

Read Time = 1 min

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले बजार अनुगमन गरेको छ । प्रशासनले बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका निरीक्षण अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बजार अनुगमन भएको छ । बजारमा दैनिक उपभोग्य बस्तुहरुको अवस्था, म्याद सकिएका बस्तुहरुको बिक्रीको अवस्था, मुल्य सुची लगायतका बिषयमा अनुगमन गरिएको निरीक्षण अधिकृत दाहालले जानकारी दिनु भयो ।

भोजपुर बजार र आसपासका क्षेत्रका ३ वटा मासु र ७ वटा किराना पसल गरी १० वटा पसलहरुको अनुगमन भएको छ । अनुगमनका क्रममा १५ हजार बरावरको म्याद सकिएको सामाग्री समेत बरामद भएको छ । ती सामाग्रीहरु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

अनुगमनमा उद्योग बाणिज्य संघ, घरेलु कार्यालय, प्रहरी, नगरपालिका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?