चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

Read Time = 1 min

बारा । बाराको सुवर्ण गाउँपालिका ७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।

सुवर्ण गाउँपालिका ७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?