खोटाङ कलाकार समाजले सांस्कृतिक कार्यक्रम गर्ने

Read Time = 4 mins

चिसाङ शेर्पा

खोटाङ । खोटाङ कलाकार समाजले भव्य सांस्कृतिक कार्यक्रम गर्ने तयारी थालेको छ ।

खोटाङगे कलाकारहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको समाजले काठमाडौंको प्रज्ञा भवनमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी थालेको हो ।

समाजले दिक्तेलमा पत्रकार सम्मेलन गर्दै १८ भदौमा काठमाडौंको प्रज्ञा भवनमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

सांस्कृतिक कार्यक्रममा अनुजदेखि अग्रजसम्मका सम्पूर्ण खोटाङगे कलाकारहरूको उपस्थिति गराउने लक्ष्य रहेको समाजका महासचिव धर्मराज पोखरेलले जानकारी दिनुभयो ।

एउटै स्टेजमा तीन विधाको प्रतिभा खोजिने

समाजले आगामी फागुनबाट एउटै स्टेजबाट तीन विधाको प्रतिभा खोजि गर्ने भएको छ । खोटाङ गायन प्रतियोगिता, खोटाङ नृत्य प्रतियोगिता र खोटाङ प्रतिभा २०७९ को खोजी गरिने भएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिकामा उक्त सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको छ । प्रत्येक पालिकामा गायन, नृत्य र खोटाङ प्रतिभाका एक/एक जना उत्कृष्ट प्रतिभा छनोट गरिने समाजका अध्यक्ष रुपकुमार राईले बताउनुभयो ।

पालिकामा उत्कृष्ट छनोट भएकाहरूलाई पनि जिल्लामा ल्याएर उत्कृष्ट प्रतिभा छनोट गरिनेछ । गायनतर्फ प्रथम हुनेलाई दुई लाख, दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यस्तै, नृत्यमा प्रथम हुनेलाई दुई लाख, दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार र सान्त्वनालाई २५ हजार र खोटाङ प्रतिभा पुरस्कार एक जनालाई एक लाख तोकिएको छ । जिल्लाको प्रत्येक गाउँ, नगर र बस्तीहरुमा रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला, राष्ट्र र अन्तर्राष्ट्रिय रुपमा चिनाउन कार्यक्रम गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।

गायन, नृत्य र खोटाङ प्रतिभाले निरन्तर पाउने र कार्यक्रमबाट छनोट उत्कृष्ट कलाकारहरू बेवारिसे नबन्ने गरि समाजले सहयोग गर्ने अध्यक्ष राईको भनाइ छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष राई, महासचिव पोखरेल, सह-कोषाध्यक्ष कला राई, सदस्यहरू विना राई, अनिल राई, भुवन पारुहाङ, साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठको उपस्थिति थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?