यु-२० टोलीको म्यानेजरमा घले

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दिवाकर घले यु-२० राष्ट्रिय फुटबल टोलीको टिम म्यानेजरको रूपमा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार उक्त कुरा जानकारी दिएको हो । महाविर क्लवका अध्यक्षसमेत रहेका घले भारतमा हुने यु-२० साफ च्याम्पियनसिपमा टोलीको व्यवस्थापकका रूपमा सहभागिता जनाउने एन्फाले जनाएको छ । नेपालले पहिलो खेल माल्दिभ्ससँग जुलाई २५ मा खेल्दै छ । त्यस्तै दोस्रो खेल श्रीलंकासँग जुलाई २७, ३१ मा भारतसँग र अन्तिम खेल बंगलादेशविरुद्ध अगष्ट २ मा खेल्ने तालिका छ ।

एन्फाका अनुसार घलेले यु-२० एशिया कपको छनोटमा पनि सोही भुमिकामा रहनुहुनेछ । एशिया कपको छनोट सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ । एशिया कपको छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन् । नेपालले सेप्टेम्बर १० मा भुटानसँग खेल्दै छनोटको पहिलो खेल खेल्नेछ । त्यस्तै सेप्टेम्बर १२ मा कतार, १४ मा बहराइन र अन्तिम खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?