भरत र नवयुग अमेरिकामा सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली फुटबल खेलाडीद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित हुनुभएको छ । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहीबार अमेरिका पुग्नुभएको थियो । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पु¥याएको योगदानका लागि सम्मान गरेको हो ।

सोही कार्यक्रममा विभिन्न क्षेत्रबाट अमेरिकाको बाल्टिमोरमा सहयोग गरेका नियायका प्रतिनिधीलाई पनि सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा सुदूरपश्चिम समाज बाल्टिमोरका युवा समाजसेवी तथा बानाका बोर्ड अफ डिरेक्टर र खेलकुद विभागका उपसंयोजक विक्रम शाही पनि सम्मानित हुनुभएको छ ।

कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएका सबै टिमका खेलाडीलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?