पहिलो टेष्टमा अष्ट्रेलियाको सानदार जित

हिमालय टाइम्स
Read Time = 3 mins

कोलम्बो । अष्ट्रेलियाले पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंकामाथि १० विकेटको सानदार जित हात पारेको छ । योसँगै भ्रमण टोली अष्ट्रेलियाले दुई टेष्ट खेलको सिरिजमा एक-शून्यताको अग्रता लिएको छ । जितको लागि पाँच रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले चार बलमै लक्ष्य भेटाएको थियो । ओपनर डेविड वार्नरले रमेश मेन्डिसलाई तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै खेल जिताउनुभएको थियो ।

त्यसअघि श्रीलंका दोस्रो इनिङमा श्रीलंका ११३ रनमा अल आउट भयो । पहिलो इनिङमा श्रीलंका १०९ रनले पछि परेको थियो । त्यसैको कारण श्रीलंकाले मात्र पाँच रनको लक्ष्य दिएको हो । श्रीलंकाका कप्तान दिमुथ करुणारत्नले २० बलमा पाँच चौकासहित सर्वाधिक २३ रन बनाउनुभयो । ओपनर पाथुम निस्संका १४, ओशदा फ्रेनान्डो १२, धनञ्जय डि सिल्भा ११ र दीनेश चान्डिमल १३ रनमा आउट हुनुभयो । अन्य खेलाडीले भने दोहोरोे अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका स्पिनर नाथन लायन र ट्रविस हेडले चार चार विकेट लिनुभयो । मिचेल स्वीपसनको नाममा दुई विकेट रहृयो । अष्ट्रेलिया पहिलो इनिङमा ३२१ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया क्यामरन ग्रिनले १०९ बलमा ६ चौकासहित सर्वाधिक ७७ रन बनाउनुभयो । ओपनर उस्मान खवाजा १३० बलमा सात चौकासहित ७१ रनमा आउट हुनुभयो ।

डेविड वार्नर २५, स्टिभ स्मिथ ६, मार्नस लाबुसेन १३, एलेक्स केरी ४५ र प्याट कमिन्स २६ रनमा आउट हुनुभयो । श्रीलंकाका रमेश मेन्डिसले चार, जेफ्री वान्डरसे र असिथा फ्रेनान्डोेले दुई दुई विकेट लिनुभयो ।

पहिलो इनिङमा श्रीलंका २१२ रनमा अल आउट भएको थियो । श्रीलंकाका विकेटकिपर निरोशन डिक्वेलाले ५९ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाउनुभएको थियो । अष्ट्रेलियाका स्पिनर नाथन लायनले सर्वाधिक पाँच विकेट लिनुभयो । मिचेल स्वीपसनको नाममा एक विकेट रहृयो । खेलको प्लेयर अफ द म्याच ७७ रन बनाएका युवा अलराउन्डर क्यामरन ग्रिन चुनिए । दोस्रो खेल आठ जुलाईदेखि सुरुहुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?