गुर्खा व्वाइज फुटसल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गुर्खा ब्वाइज मेमोरियल कप यु-२१ ६-ए साइड फुटसल प्रतियोगिता आयोजना हुनेभएको छ । चितवन भरतपुरस्थित दिव्यनगरमा आयोजना हुने प्रतियोगिता असार १७ देखि २० गतेसम्म हुनेछ ।

दिव्यनगर युवा क्लबको आयोजना र गुर्खा ब्वाइजको प्रायोजनमा हुने प्रतियोगितामा ३५ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?