यस्तो छ हाम्रो रगतको परिवार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । हाम्रो शरीरको रगत रातो देखिन्छ । तर, यसमा अलग-अलग रङका कोषिका हुने गर्दछन् । यी अलग-अलग रङका कोषिकासँगै यिनीहरूको काम पनि अलग-अलग हुने गर्दछ । रगतको आफ्नो परिवार रहेको छ । जसमा रातो रक्तकोष, प्लेटलेट्स, सेतो रक्तकोष र म्याक्रोफेज रहेका हुन्छन् । यस्तै प्रत्येक मानिसको शरीरमा अलग-अलग ग्रुपको रगत रहेको हुन्छ, जसलाई ‘ओ’, ‘ए’, ‘बी’ र ‘एबी’ भनिन्छ । यसमा पोजिटिभ र नेगेटीभ हुने गर्दछ । आउनुहोस् जानाँै रगतमा भएका कोषिकाहरू र यिनीहरूको कामका बारेमा ।

रातो रक्तकोष
रगतमा सबैभन्दा धेरै राता रक्तकोषिका अर्थात् रातो रक्त कणिका हुने गर्दछ । जसलाई ‘रेड ब्लड सेल्स’ भन्ने गरिन्छ । यसलाई वैज्ञानिक भाषामा ‘एरिथ्रोसाइट्स’ भनिन्छ । यसको मुख्य काम शरीरको सबै भागमा अक्सिजन पुर्‍याउनु हो । यी सेल्सहरू धेरै साना हुन्छन् र यिनको आकार चेप्टो खालको हुन्छ । यिनीहरूले कार्बन डाइअक्साइडलाई फोक्सोसम्म पुर्‍याएर बाहिर निकाल्ने काम गर्छन् ।

राता रक्तकोषको निर्माण हाम्रो हड्डीभित्र हुन्छ । अस्थी मज्जा अर्थात् ‘बोन म्यारो’ भनिन्छ । राता रक्तकोषको जीवन १२० दिनको हुने गर्दछ । १२० दिनपछि यिनीहरू आफैँ नष्ट हुन्छन् । यिनको कमी भएमा शरीरको सबै भागमा अक्सिजन पुग्न सक्दैन । जसले गर्दा एनिमिया भन्ने बिरामी हुन्छ । थकान लाग्ने, मुटुको धड्कन कम-धेरै हुने, शरीर पहँेलो देखिने जस्ता लक्षण देखिने गर्छन् । राता रक्तकोषको कमी भएका बालबालिकाको वृद्धि विकास अरू बालबालिकाभन्दा कम हुने गर्दछ ।

प्लेटलेट्स
रगतमा भएको अर्को समूह हो प्लेटलेट्स । यिनीहरू पनि निकै साना आकारका हुन्छन् । यिनीहरू सुन्तला रङका हुन्छन् । यसले हाम्रो शरीरको कुनै पनि भागबाट रगत निस्कियो भने त्यसलाई रोक्ने काम गर्दछन् । अर्थात् यिनीहरूले रगत जम्न मद्दत गर्दछन् । यिनको निर्माण पनि ‘बोन म्यारो’ मा नै हुने गर्दछ । यिनको लाइफ १० दिनको हुने गर्दछ । डेंगुको संक्रमण हुँदा प्लेटलेट्सको कमी हुने गर्दछ ।

सेतो रक्त कोषिका
जब ब्याक्टेरिया वा भाइरसले हाम्रो शरीरमा आक्रमण गर्छ तब हाम्रो रगतमा रहेको सेतो रक्त कोषिकाहरूले उनीहरूसँग सामना गर्छन् । यसलाई वैज्ञानिक भाषामा ‘लिम्फोसाइट’ भनिन्छ । जब हाम्रो शरीरमा ब्याक्टेरिया वा भाइरसको आक्रमण हुन्छ, तब सबैभन्दा पहिला यिनीहरू सक्रिय हुन्छन् । यिनीहरूको रङ सेतो वा फिक्का निलो देखिन्छ । सेतो रक्त कोषिकाको निर्माण पनि बोन म्यारोमा नै हुने गर्दछ । यिनीहरूलाई बनाउने कोषिकालाई हिम्यैटोपोएटिक स्टिम सेल भनिन्छ । यसमा पनि धेरै प्रकारका कोषिका हुने गर्दछन् । टी सेल्स, बी सेल्स र नेचुरल किलर सेल्स हुने गर्दछन् ।

म्याक्रोफेज
म्याक्रोफेज सेतो रक्त कणिकाको एक हिस्सा हो । यिनले शरीरलाई हानि पुर्‍याउने कुनै पनि प्रकारका कोषिकाहरू, क्यान्सर कोषिकाहरू, सेल फोहोरहरू र अन्य घुसपैठहरूलाई सफा गर्ने काम गर्दछन् । यिनले शरीरलाई संक्रमण हुनबाट बचाउने गर्दछन् । यिनको काम यतिमा मात्र सीमित नभएर मांसपेसी, हातखुट्टाको विकासमा मद्दत गर्छन् भने शरीरमा लागेको चोटपटकलाई छिटो निको गराउन मद्दत गर्दछन् ।
यस्तै हरेक मानिसको फरक-फरक रक्त समूह हुने गर्दछ । रक्त समूहमा ‘ओ’, ‘ए, ‘बी’ र ‘एबी’ हुन्छन् । यसमा पोजिटिभ र नेगेटिभ हुने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?