लिखित सम्झौतामा सौन्दर्य प्रतियोगिता

Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइजी ‘मिस टिन इन्टरनेसनल २०२२’ ले अभिभावकहरूसँग लिखित सम्झौता गरेर प्रतियोगिता आयोजना गर्ने भएको छ । क्रियटिभ माइन्ड मिडिया एन्ड इभेन्ट प्रालिको आयोजनामा हुने यो सौन्दर्य प्रतियोगिताका लागि आयोजकले अडिसन खुला गरेको छ ।

प्रतियोगितामा भाग लिन चाहने किशोरीहरूले यही जुलाई २ र जुलाई ३ तारिख ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने पहिलो चरणको अडिसनमा भाग लिन सक्नेछन् । यस फ्रेन्चाइजी सौन्दर्य प्रतियोगितालाई किवानिज इन्टरनेसनलले नेपाल भिœयाएको हो । पहिलो चरणको अडिसनबाट उत्कृष्ट ५० प्रतियोगीहरू चुनिनेछन् ।

आयोजकले अडिसनबाट छानिएका ५० प्रतिस्पर्धी र उनीहरूका अभिभावकसँग कानुनीरूपमा लिखित सम्झौता गर्नेछन् । अडिसनबाट चुनिएका ५० प्रतियोगीहरूलाई ¥याम्प वाक, फोटोसुट, व्यक्तित्व विकास, मेकअप, फिल्ड अवलोकन, ओरिन्टेसन, मोटिभेस्नल स्पिकिङलगायत विभिन्न कार्यशालामा सहभागी गराइने आयोजकले जनाएको छ ।

कार्यशालापछि अन्तिममा ट्यालेन्ट शो अर्थात् प्रि-जजमेन्ट राउन्ड हुनेछ । २० जुलाईमा हुने प्रि-जजमेन्ट राउन्डबाट २५ जना प्रतियोगीहरू अन्तिम राउन्डका लागि छानिनेछन् । अन्तिम चरणका लागि छानिएका २५ जना प्रतियोगीहरूलाई सोल्टी क्राउन प्लाजामा एक साताका लागि क्लोज-क्याम्पमा राखिनेछ ।

उक्त क्लोज–क्याम्पमा आत्मरक्षा, पौडी र प्रत्यक्ष प्रस्तुतिका प्रशिक्षणहरू प्रदान गरिनेछ । सात दिनको प्रशिक्षणबाट जुलाई ३१ तारिखमा सोल्टी क्राउन प्लाजामा विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?