Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आइसिटी अवार्ड २०२२ का लागि आवेदन खुला

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्ड आइसिटी अवार्डको सातौँ संस्करणको अनलाइन आवेदन खुला भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेसन शुक्रबारदेखि सुरु भएको हो ।

आइसिटी अवार्ड २०२२ का लागि विभिन्न ११ विधामा नोमिनेसन खुला गरिएको र अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो । लम्सालका अनुुसार आइसिटी अवार्डमा प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

आइसिटी अवार्डको ग्रान्ड फिनाले मंसिरमा आयोजना हुनेछ । छ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले पाँचभन्दा बढी चरणमा छनोट प्रक्रिया अघि बढाउने जनाएको छ । नोमिनेसन खुला गरिएका ११ विधामा स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी तीन विधा स्टार्टअप तथा इन्नोभेसनसम्बन्धी विधा रहेको आयोजकले जनाएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?