समृद्धिको पाँच वर्षमा पैसा दोब्बर योजना

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दती निक्षेप योजनाअन्तर्गत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । साथै कम्पनीले नौ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनासमेत ल्याएको छ ।

निक्षेप योजनाका लक्षित ग्राहक, विदेशमा काम गर्ने व्यक्तिका परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीर्घकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहक र विदेशमा काम गर्ने व्यक्तिले आफ्ना छोराछोरीको भविष्य शिक्षाका लागि पैसा जम्मा गर्न चाहनेलाई पनि आकर्षित गर्नु रहेको कम्पनीले जनाएको छ ।

न्यूनतम ५० लाखदेखि नै खाता खोल्न सकिने र कम्पनीका पाँचवटै शाखाबाट सेवा लिन सकिने कम्पनीका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?