काठमाडौं । सम्पूर्ण वायुसेवासहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैंककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि दुईतर्फी हवाई सेवा पुनः सुरु गरेको हो । उक्त रुटका लागि तोकिएको एयरबस-३२० मा इकोनोमी क्लासमा एक सय ५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा एक सय ६२ सिट क्षमता रहेको छ, जसमा अन-बोर्ड मिल सर्भिस अर्थात् विमानभित्रै खाना सुविधासमेत रहेको एयरलाइन्सले जनाएको छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटायालगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलमा उडान भर्छ भने थाई एयरवेज इन्टरनेसनलले अस्ट्रेलिया, जापान र क्वालालम्पुरलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा प्रदान गर्छ । आरआर ग्रुप अफ कम्पनिजअन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले भन्नुभयो, ‘काठमाडौं-बैंकक हवाई सेवा सुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यसले निश्चितरूपमा बैंकक र एसियाका अन्य प्रमुख शहरबीच बढ्दै गएकोे हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ । हामीलाई विश्वास छ कि यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्यान्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ ।’
सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भन्नुभयो, ‘थाई स्माइलको हवाई उडान सेवा सुरु गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । सन् १९६८ देखि थाई एयरवेज इन्टरनेसनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्यान्डको सम्बन्ध अझ नजिक बनाएको छ । उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका