शाओमी रेड्मी नोट ११ प्रो नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा ल्याएको छ । रेड्मी नोट ११ प्रोमा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीको दाबी छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘शाओमीले स्मार्टफोनको सन्दर्भमा आफ्नो सीमा फराकिलो पार्दै विस्तृत दायराका साथ औद्योगिक बेन्चमार्क पार गरेको छ ।

ग्राहकको रेड्मीप्रतिको विश्वासले हामीलाई नवीनताका सन्दर्भमा उच्च मापदण्ड स्थापित गरी रेड्मी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर-प्याक ब्याट्रीका साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौँ ।’

उत्कृष्ट फोटोग्राफीका लागि फ्ल्यागसिपस्तरको एक सय आठ एमपी क्वाड क्यामेरा रहेको छ भने आठ एमपी अल्ट्रा-वाइड-एंगल क्यामेरा, एक सय १८ डिग्री भ्युइङ एंगल, दुई एमपी म्याक्रो क्यामेरा, दुई एमपी डेप्थ क्यामेरा र १७ एमपी फ्रन्ट क्यामेरा रहेको छ । फ्ल्यागसिप टर्बो चार्जिङले उच्च क्षमताको ब्याट्री १५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । विभिन्न कलरमा उपलब्ध रेड्मी प्रो ११ को मूल्य ३४ हजार नौ सय ९९ र ३६ हजार नौ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?