सानिमा अब नेपालटारमा पनि

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले शुक्रबार तारकेश्वर नगरपालिका-११ नेपालटारमा बैंक शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले संयुक्तरूपमा गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालालाई निरन्तर सहयोग एवं सद्भावका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो । सानिमा बैंक देशका सातै प्रदेशमा एक सय २७ कार्यालय र एक सय १८ एटिएम सञ्चालनमा रहेको बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?