सेञ्चुरी र सिद्धार्थ सिटी अस्पतालबीच सम्झौता

Read Time = 1 min

भैरहवा । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता भएको छ । सिद्धार्थनगर सिटी अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकको उपचार सेवाका लागि सम्झौता भएको हो । सेञ्चुरी र सिद्धार्थनगरबीच विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतासँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बैंकका कर्मचारीले सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

ओपिडी टिकट, ल्याब शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याबिन चार्जमा पाँच प्रतिशत छुट पाउने बैंकले जनाएको छ । सम्झौतापत्रमा अस्पतालतर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकतर्फबाट भैरहवाका शाखाप्रमुख प्रकाश गौतमले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?