पर्यटन बोर्डका सदस्य शाह र शेर्पालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा शुक्रबार भएको सुनुवाइसँगै शाह र शेर्पा पुनर्वहाली हुनुभएको हो ।

पर्यटनमन्त्री प्रेम आलेले जाँदाजाँदै निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गरेका यी दुईजना सदस्यलाई हटाउनुभएको थियो । आफूहरूलाई हटाउने निर्णयविरुद्ध शाह र शेर्पा अदालत जानुभएको थियो । कार्यकाल बाँकी छँदै हटाउने निर्णय कानुनविपरीत भएको जिकिरसहित उहाँहरू अदालत जानुभएको थियो । सर्वोच्चले उहाँहरूको बर्खास्ती सम्बन्धमा कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी हटाउन असहयोग गरेको भन्दै मन्त्री प्रेम आलेले उहाँहरू दुई जनालाई हटाएर नयाँ सदस्य नियुक्तिको प्रक्रिया अघि बढाउनुभएको थियो । सिइओ रेग्मीलाई हटाउन छानबिन समिति गठनसँगै निलम्बनमा परे पनि सर्वोच्च अदालतले उहाँमाथि कुनै पनि कारबाही अघि नबढाउन आदेश दिएपछि मन्त्री र सिइओबीच विवाद बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?