✍️ रमेशप्रसाद गौतम
अचानाक २०४५ साल भदौ महिनामा आएको ठूलो भूकम्पले भक्तपुरमा पनि ठूलो क्षति पु¥यायो । भूकम्पपीडितलाई राहत वितरणका सिलसिलामा उब्जिएको विवादले भूतपूर्व सांसद कर्ण हेजूलाई निर्ममतापूर्वक मारियो । यस घटनामा शिक्षकहरूको पनि संलग्नता छ भन्ने चर्चा हुनथालेकोले प्रअहरू विद्यालय बन्द गरेर भागमभाग गर्न थाले । यो अवस्थाले कतिपय विद्यालय बन्दै रहे । जिल्ला शिक्षा अधिकारीको हैसियतले यसरी लामो अवधिसम्म विद्यालय बन्द रहिरहनु ठीक ठानिन । केही शिक्षक साथीहरूलाई साथ लिई धमाधम ताला खोल्दै विद्यालय सञ्चालन गर्दै गएँ । त्यसमा कसैले पनि अवरोध गरेनन् । सबैको साथ सहयोग नै पाएँ । रिक्त शिक्षकका ठाउँमा अस्थायी नियुक्ति दिँदै काममा लगाएँ ।
त्यसको लगतै केही दिनपछि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य भक्तपुर भूकम्पपीडितको अवस्था निरीक्षण गर्न आउनुभएको थियो । जिल्लाको समीक्षालय हलमा राजा, रानी, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा जिल्ला पञ्चायत सभापति र सिडिओहरू ब्रिफिङ गर्दै हुनुहुन्थ्यो । त्यसैबीच म समीक्षालय बाहिर थिएँ । भित्रबाट एकजना सुरक्षाकर्मी दगुर्दै शिक्षा अधिकारी को हुनुहुन्छ सरकारबाट बोलावट भएको छ भने पछि म राजाअगाडि पुगेँ । राजाले भूकम्पले कति वटा विद्यालय भत्किए ? मर्मत गरेर काम चलाउन सकिँने कति छन् ? भन्नुभयो ।
पहिलो भेटमा यिनै विषयमा कुराकानी भए । म फर्किएँ र बाहिर बसेँ । पाँच मिनेट बित्न नपाउँदै शिक्षा अधिकारीलाई सरकारबाट बोलावट भएको छ भनी दोस्रो पटक खबर पाएँ । दोस्रो पल्ट फेरि भेटघाट र कुराकानी भए । यस पल्ट राजाले क्याम्पसका सम्बन्धमा सोध्नुभयो । क्याम्पसको भवनलाई कुनै असर परेको छ ? त्यहाँको पढाइ कस्तो छ भन्ने विभिन्न प्रश्न गर्नुभयो । यो समय झण्डै १० मिनेटको थियो । राजाका एडिसीले बाहिरन संकेत गरे ।
यस पटक समीक्षालयमै बसेँ । फेरि केही बेरमै राजाबाट खोजी भयो म पुगेँ । यसपल्ट राजाले भत्किएर मर्मत गर्नुपर्ने भवनसमेत गरी कति खर्च लाग्छ भनेर सोध्नुभयो । मैले आफ्नो जवाफ दिएँ । त्यसपछि लगतै रानीले बोलाउनुभयो । यहाँ जनसहभागिता कत्तिको हुन्छ ? सर्वसाधारण कत्तिको उत्साही र सहयोगी देख्नुभएको छ भनेर सोध्नुभयो । मैले यहाँ मानिस सरल र सहयोगी छन् भनेर आफ्नो कार्यकालमा शिक्षकदेखि सबैको सदभावनै भएको कुरा बताएँ । राजारानी दुवैको प्रशन्न अनुहार देखिन्थ्यो । ४५ मिनेटको बसाइमा धेरै जसो समय मलाई नै प्रश्न उत्तर गरेर खर्र्र्चिएको अनुभूत भयो ।
तत्काल राजारानीसँग भेट्नु कुरा गर्न पाउनु ठूलै कुरा मानिन्थ्यो । मसँग पटकपटक बोलावट भई अन्तर्वार्ता भएको देखेर कर्मचारी, जनप्रतिनिधि, शिक्षक र सर्वसाधरणले प्रशंसा गरेका थिए । तर, राजारानीसँगको उक्त भेटवार्तामा मैले आफ्नो व्यक्तिगत कुनै कुरा राखिन । मैले आफ्नो जीवनको कार्यकालभित्रका क्षणमा कुनै पद सुविधा र पदोन्नतिका सम्बन्धमा कसैलाई भनिन ।
अर्को एउटा घटना पनि भक्तपुरकै सम्बन्धमा भएको छ । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह सार्क सम्मेलन हुनु केहीअगाडि भक्तपुर निरीक्षणमा आउनुभएको थियो । प्रधानमन्त्री, शिक्षामन्त्री, शिक्षासचिव दत्तात्रय मन्दिर अवलोकन गर्दै हुनुहुन्थ्यो । त्यस समय प्रधानमन्त्री मरिचमान सिंह माथिल्लो दत्तात्रयको सिँढीमा हुनुहुन्थ्यो म तल्लो सिँडीमा थिएँ । उहाँले मलाई जिल्लाका बारेमा सोध्नुभयो । मैले तल्लो सिँढीबाट माथिल्लो सिँढीमा खुट्टा राखेर जवाफ दिँदै थिएँ, शिक्षा सचिवज्यूले पछाडिबाट मलाई कोट्याएको अनुभव भयो हत्तपत्त खुट्टा तल झारी हालेँ ।
प्रधानमन्त्री मरिचमान मसँगको पेटीमा उर्लिएर काँधमा थुमथुमाएर एउटा हेड मास्टरले अर्को हेडमास्टरसँग कुरा गरेको भनी सामान्य रूप देखाएर हामी एउटै हौँ भन्ने भाव बुझाउँदा मैले अचम्म मानेँ । सायद यो कुरा अन्य जिल्लामा पुग्दासमेत प्रअहरूलाई सुनाए जस्तो लाग्छ । सम्बन्ध हेर्दा जति सुमधुर देखिए तापनि मैले व्यक्तिगत कुनै लाभ उठाउने चेष्टा गरिन । मेरो प्रजातन्त्रप्रतिको आस्था भने उहाँले बुझ्नुभएको थियो ।
भक्तपुरमा कर्ण हेजुको हत्यापछि निर्दोष प्रअहरू पनि कारबाहीमा पर्न थाले । मैले जिल्ला प्रशासनमा गएर निर्दोष प्रअ र शिक्षकलाई जेल हाल्ने काम नगर्नुहोस् भनेर धेरै पटक अनुरोध गरेँ । सिडिओ साबले यिनको सम्बन्धमा जिम्मा लिन सक्नुहुन्छ भन्नुभयो मैले लिन सक्छु भनेर उहाँलाई विश्वास दिलाएँ । जुन कारणले जेल चलान गर्न प्रहरी पछि पछि प्रअ अघिअघि शिक्षा कार्यालय कोठामा पस्नुभयो । प्रअलाई मेरो कोठामा राखेर तुरुन्त सिडिओ साबकोमा गएर थुना पुर्जी फिर्ता गराएँ । निर्दोष शिक्षक सुरक्षित भए ।
त्यसपछि तत्कालीन पञ्चहरूको लस्कर मेरा विरुद्ध खनिन थाल्यो । मेरासामु कसैले विरोध देखाएनन् । माथिमाथिमा उजुर गर्न पुगे । यो शिक्षा अधिकारी व्यवस्थाविरोधी हो । यसलाई कारबाही गर्नुपर्छ भन्दै गृहमन्त्री पञ्चायत नीति तथा जाँचबुझ समिति, दरवारका सचिव सबै ठाउँमा पुगे । तत्कालीन गृहमन्त्रीले आफ्नै निवासमा बोलाएर हामीले भक्तपुरमा कम्युनिस्टलाई नियन्त्रणमा लियौँ । तर, तपाइँले कांग्रेसलाई उचाली उचाली जिल्लामा कांग्रेसको वर्चस्व बढाउनु भयो, यो त राम्रो तरिका भएन भन्नुभयो ।
जवाफमा भने मैले शिक्षामा राजनीतिक आँखाले हेरिनु हुँदैन मन्त्रीज्यू, बन्द विद्यालयलाई ताला फोडेर विद्यालय सञ्चालन गरेँ भक्तपुरमा यसो गर्न बिरलैले आँट गर्लान् । मेरो दायित्व विद्यालयमा पठनपाठन गराउने हो । त्यहाँ कुनै राजनीतिक वादको कुरा आउनु हँुदैन भन्ने कुरामा म अटल छु भनेँ । केही नयाँ शिक्षकलाई अस्थायी नियुक्ति दिएर काम लगाउँदै विद्यालय चलाउँदै गरेँ । यसमा सबै शिक्षक प्रजातन्त्रप्रति आस्था राख्ने तर विद्यालयमा राजनीति गर्ने खालका थिएनन् ।
मैले नियुक्ति गरेका अधिकांश शिक्षक स्थानीय नै हुन् जसलाई यसपूर्व अवसर दिइएको थिएन । तिनलाई तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीले लिष्ट बनाएर मन्त्रालयको लेटर प्याडमा यी सबै विद्यालयमा पढाउन सक्ने योग्य शिक्षक हुन् नियुक्ति गरी काम लगाउनु होला भनी सिदएको कागज पत्र माथवरसिंह बस्नेतले बोकेर आउनुभयो । त्यसपछि शिक्षा मन्त्रालय र गृहमन्त्रीलाई उक्त पत्र देखाइदिएँ । जाँचबुझ समितिका नुतनदेव खनाल पनि एउटा कर्मचारीले मन्त्रीको आदेश कसरी नमान्ने भनी चुप लागेर बस्नुभयो ।
यस्तै घटना परिघटना भइरहे । यसैबीचमा राजारानीले पनि भूकम्पपीडित निरीक्षणमा आउँदा विद्यालयलाई त्यत्रा घटना घटिरहेको बेला राम्रैसँग चलाउनु भयो भन्ने मनसायले पनि पञ्चहरू पनि विरोध गर्नबाट पन्छिँदै गए । केही दिनपछि गृहसचिव वीरबहादुर शाहीले आफ्नो मन्त्रालयमा बोलाउनुभयो । उहाँले मेरो नाम बाबु, दाजुहरूको पेशा ससुरालीतर्फको नाता सबै सोधनी गर्नुभयो । अनि अन्त्यमा शिक्षा मन्त्रालयबाट समेत तपाइँको प्रतिकूल रिपोर्ट आएको थियो भन्दै सबै क्षेत्रबाट आएको ठूलो फाइल मलाई देखाउनुभयो । म छक्क परेँ ।
मैले राम्रो काम गरेकोमा मन्त्रालयले ख्याल गरिराखेको भन्ठानेको त उल्टो कारबाही फाइल पठाएको सुन्दा अचम्मित भएँ र गृहसचिवले चाहिँ उक्त फाइल सम्बन्धमा चिन्ता नलिनुहोस् र काम राम्रो गर्र्दै जानुहोस् भनी फाइल रद्ध गरेर नजिकैको फोर फ्याक्ने बास्केटमा फ्याक्नु भयो । इमानन्दारीपूर्वक काम गर्नुहोस् कसैदेखि डराउनु पर्दैन तर राजनीतिबाट अलग रहनुहोस् भन्नुभयो ।
भक्तपुर रहँदाको एउटा सम्झना आउँछ । आदर्श मावि सानोठिमी विद्यालयका अध्यक्ष गणेशबहादुर खत्रीले उक्त विद्यालयमा एउटा सामाजिक विषयको शिक्षक खाली रहँदा नियमसम्मत तरिकाले योग्य ठहरिएकी एकजना शिक्षिकालाई सिफारिश गरेर पठाएँ । मैले उनै शिक्षिकालाई अध्यापनका लागि सोही विद्यालयमा पठनपाठनका अनुमोदन गरेर पठाएको थिएँ । ती शिक्षिका तत्काल प्रतिबन्धित नेपाली कांग्रेसका नेता जगननाथ आचार्यकी बुहारी थिइन ।
उनलाई नियुक्ति दिन मैले स्वीकृति दियो भनेर पञ्चहरूले विरोध गरे । नेपाली कांग्रेसलाई प्रश्रय दियो भन्नथाले । नियमपूर्वक योग्यता पुगेको कुनै पनि नेपाली नागरिक शिक्षक बन्न सक्छन् । शिक्षामा राजनीतिक आँखाले हेरिनु हुँदैन भनेँ । ती शिक्षिकाले राम्रोसँग पढाउन सकिनन् भने भन्नुहोस् अन्यथा भन्न मिल्दैन भनेँ । ती शिक्षिकादेखि विद्यार्थी शिक्षक सबै सन्तुष्टि नै देखिन्थे । बीचका केही मानिसले कुरा काटि नै रहेका थिए । यसैबीच विद्यालयको वार्षिक उत्सव कार्यक्रम आयो । उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षामन्त्री पशुपतिशमशेर राणालाई बोलाइयो ।
उक्त समारोहमा स्थानीय अभिभावक जनप्रतिनिधि बुद्धिजीवीलगायतलाई बोलाइएको थियो । उक्त कार्यक्रममा प्रतिबन्धित नेपाली कांग्रेसका नेता जगननाथ आचार्यको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा पुरस्कार वितरण अनि भाषण गर्ने कार्य भयो । उक्त कार्यक्रम सम्पन्न भएपछि फोटो सेसन सुरु भयो । जसमा प्रमुख अतिथि पशुपतिशमशेर राणा सिडिओ, जिशिअ, विद्यालयका अध्यक्ष प्रअसँगै थियाँै । त्यसबीच प्रमुख अतिथिका कानमा जगननाथजी पनि पर उभिनुभएको छ भनी जानकारी गराउँदा शिक्षामन्त्री पशुपतिशमशेरले ठूलो आवाजमा जगननाथजीलाई बोलाउनुहोस् भन्नुभयो र उहाँलाई आफूसँगै बीचमा राखेर सबैका साथ फोटो खिचाउनुभयो ।
त्यसको भोलिपल्टदेखि जगननाथकी बुहारीलाई शिक्षका नियुक्ति दिएका कुरा काट्नेहरूले कुरा काट्न छोडे । स्कुलका प्रअ पनि प्रसन्न भए र उनले मलाई फोनमा मसँग मन्त्रीजीले राम्रो गर्नुभयो अब कुरा काट्नेहरूको मनोबल गिर्यो सर भने । कसैले कुरा काट्दैमा धैर्य गुमाउनु हँुदैन । मानिसको मन आशमा रत्तिने र त्रासमा आत्तिने गरेको पाइन्छ । आश र त्रासको अस्त्र प्रयोग गर्नमा तत्कालीन पञ्चहरू पनि खप्पिस थिए । त्यसर्थ विद्यालयमा शिक्षामन्त्री आगमनपूर्वको वातावरण र मन्त्री आएपश्चातको फोटो सेसनपछिको माहोल फरक देखियो । कुनै मूर्खतापूर्ण विचारलाई पनि धैर्य राखेमा नयाँ विचारले प्रवेश पाउँदो रहेछ भन्ने लाग्यो । राम्रो विचार खेर जाँदैन भन्ने कुरा यस घटनाले पनि अथ्र्याउँदछ । क्रमशः
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका